जापानका प्रधानमन्त्री फुमियो किसिदाले प्रधानमन्त्री नियुक्त भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
प्रचण्डलाई एक बधाई सन्देश पठाउँदै किसिदाले जापान सरकार नेपालको नयाँ सरकारसँग मिलेर द्विपक्षीय सम्बन्ध र दुई देशबीचको मित्रता बढाउन आतुर रहेको उल्लेख गरेका छन्।
काठमाडौंस्थित जापानी दूतावासका अनुसार जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाल सरकारसँग सामाजिक र आर्थिक विकासमा सहकार्यका लागि जापान तयार रहेको उल्लेख गरेका छन्।
आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई भारत, चीन, पाकिस्तान र अमेरिका लगायत मुलुकले बधाई दिइसकेका छन्।
99
Shares
प्रतिक्रिया