ad ad

राजनीति


सांसद टेकबहादुर गुरुङ निलम्बित

सांसद टेकबहादुर गुरुङ निलम्बित

नेपालखबर
पुस १२, २०७९ मंगलबार १६:५०, काठमाडौँ

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन्। संसद सचिवालयले उनी निलम्बित भएको सूचना मंगलबार जारी गरेको छ।

उनी नेपाली कांग्रेसबाट ४ मंसिरमा चुनाव जितेर सांसद बनेका थिए। 

निलम्बन भएसँगै उनी संसद बैठकमा सहभागि हुन पाउने छैनन्। निर्वाचन पछिकाे पहिलो संसद बैठक यही पुस २५ गते बस्दैछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्धको मुद्दा बाँकी रहेकोले सांसद पदबाट निलम्बित गरिएको संसद सचिवालयले जनाएको छ। 

उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनी विरुद्धको मुद्दा विचाराधीन भएकोले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद सचिवालयले जनाएको छ।

‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम मिति २०७९ पुस ८ गतेदेखि निलम्बन हुनुभएकोले यो सूचना प्रकाशन गरिएको छ,’ संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .