ad ad

राजनीति


प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्दै

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्दै

फाइल।


नेपालखबर
पुस १४, २०७९ बिहिबार ८:२५, काठमाडौँ

सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

प्रचण्ड सचिवालयका अनुसार बिहान ९ बजेका लागि बैठक तय भएको छ।

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो। 

सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै मल्लले बिहीबार पुनः बालुवाटारमा छलफल हुने बताएका थिए। सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीच आज छलफल हुने मल्ले बताएका छन्। 

आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने उनले बताए। साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ। 

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझमात्र सरकारी निवास बालुवाटार सरेका हुन्। उनी बालुवाटार सरेपछि आज पहिलोपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .