ad ad

राजनीति


इतिहासका केही घटना बिर्सन सकिँदैन र हुँदैन : प्रदीप ज्ञवाली

इतिहासका केही घटना बिर्सन सकिँदैन र हुँदैन : प्रदीप ज्ञवाली

तस्बिर : नेपालखबर


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ७:३६, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले इतिहासका केही घटना बिर्सन नसकिने खालका हुने टिप्पणी गरिरहेका छन्। समसामयिक राजनीतिमा अहिले चलिरहेका छलफल सरकार समर्थनको दायरा विस्तार गर्नमात्रै सीमित भएको उनले बताएका छन्। 

सामाजिक सञ्जालमाफर्त ज्ञवालीले भनेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्।’

पार्टी संकटमा परेका बेलामा सतिसाल झैं उभिएकाहरुको भावना विपरित कुनै निर्णय नहुने उनले बताएका छन्। 

‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरित कुनै निर्णय हुनेछैन,’ उनले भनेका छन्, ‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .