ad ad

राजनीति


शिशिर खनालको प्रश्न- त्रिविलाई नतिजा निकाल्न किन १ वर्ष लाग्छ?

शिशिर खनालको प्रश्न- त्रिविलाई नतिजा निकाल्न किन १ वर्ष लाग्छ?

फाइल।


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ८:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा निकाल्न समय लगाएकोप्रति प्रश्न उठाएका छन्। काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका खनालले हजारौं विद्यार्थीहरुले नतिजा कुरिरहेको भन्दै किन नतिजा निकाल्न १ वर्ष लाग्छ भन्दै प्रश्न गरेका हुन्। 

‘त्रिभुवन विश्वविद्यालयलाई परीक्षाको नतिजा निकाल्न किन १ वर्ष लाग्छ? हजारौ विद्यार्थीहरु नतिजा कुर्दै छन्।’ उनले भनेका छन्।

‘टिच फर नेपाल’का संस्थापक समेत रहेका शिशिर शैक्षिक क्षेत्र सुधारको अभियान बोकेर राजनीतिसम्म आइपुगेका छन्। 

नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा रास्वपा पनि सहभागी भएको छ। पार्टी सभापति समेत रहेका रवि लामिछाने गृहमन्त्री बनेका छन्। 

सामुदायिक विद्यालयको शैक्षिक स्थितिबारे प्रश्न उठाउँदै आएका खनाललाई शिक्षामन्त्री बउाउनपर्ने भन्दै रास्वपाभित्रसमेत चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .