गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सो कार्यक्रममा सहभागी हुँदैछन्।
प्रचण्डको सचिवालयका अनुसार दिउँसो साढे १२ बजे टुँडिखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सहभगाी हुने कार्यक्रम रहेको छ।
तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया