ad ad

राजनीति


७७ वटै जिल्लाका सिडिओ र सुरक्षा प्रमुखसँग गृहमन्त्रीको बैठक

७७ वटै जिल्लाका सिडिओ र सुरक्षा प्रमुखसँग गृहमन्त्रीको बैठक

भर्चुअल बैठकमा सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछाने।


नेपालखबर
पुस १८, २०७९ सोमबार १०:१७, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले बोलाएको प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरुको बैठक जारी छ।

सोमबार बिहान ९ बजेबाट गृहमन्त्रालयमा भर्चुअल रुपमा बैठक बसेको हो। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइएको बताइएको छ।

बैठकमा  ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन्।

त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ। विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन्।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्।

आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ। 

यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने गृहमन्त्रालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफुले गृहमन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन्।

मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .