नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरअघिबाट सुरु भएको हो।
आजको बैठकले वर्तमान सरकारमा सहभागी हुनेरनहुनेबारे आज निर्णय गर्ने जनाइएको छ। एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।
स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ।
24
Shares
प्रतिक्रिया