एकीकृत समाजवादी पार्टी प्रदेश १ संसदीय दलको नेतामा निवर्तमान मुख्यमन्त्री राजेन्द्र राई चयन भएका छन्।
त्यस्तै दलको सचेतकमा विद्या चाम्लिङ राई चयन भएका पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीले जानकारी दिए।
चौधरीका अनुसार मंगलबार बसेको पार्टी दलको बैठकले हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिने निर्णय पनि लिएको छ।
पार्टीका प्रदेश अध्यक्ष चौधरीका अनुसार सरकारको नीति तथा कार्यक्रमका आधारमा समर्थन वा विरोध गर्ने नीति दलले लिएको छ।
कार्की नेतृत्वको सरकारको काम हेरेर मात्रै समर्थन गर्ने निष्कर्षमा समाजवादी पुगेको छ। पार्टीको प्रादेशिक संसदीय दलको मंगलबार बिहान बिराटनगरमा बसेको बैठकले यो निर्णय गरेको हो।
एमालेका कार्कीले सोमबारदेखि नै मुख्यमन्त्रीको कार्यभार समालेका छन्। ९३ सांसद रहेको प्रदेश सभामा समाजवादीका ४ जना सांसद मात्रै छन्।
Shares
प्रतिक्रिया