प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ।
उम्मेदवारको नामावली भने शनिबार मात्र प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।
मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ।
सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ ।
सोही अनुसार आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने रास्वपाले जनाएको छ। रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ।
उता, सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ।
Shares
प्रतिक्रिया