ad ad

राजनीति


दोलखा सभापति लामाले भने : ‘सूर्यमुखी कांग्रेस’हरुलाई क्षमादान दिएँ

दोलखा सभापति लामाले भने : ‘सूर्यमुखी कांग्रेस’हरुलाई क्षमादान दिएँ

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०७९ सोमबार १४:३, काठमाडौँ

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले मंसिर ४ मा सम्पन्न निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता-कार्यकर्तालाई क्षमादान गरेको बताएका छन्। 

गत मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा पराजित भएपछि असहयोग गर्ने नेता–कार्यकर्तालाई ‘सूर्यमुखी कांग्रेस’ को संज्ञा दिएका बर्माले सोमबार विज्ञप्ति निकालेर क्षमादान गरेको बताएका हुन्। 

अन्तर्घात गर्ने, पार्टीका उम्मेदवारलाई असहयोग गर्ने सूर्यमुखी एवम् अर्थमुखी केही कांग्रेससमेतलाई सुध्रने अवसर प्रदान गर्दै यो अविस्मरणीय घटनालाई बिस्मृतिमा राख्दै ठूलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउन सुदृढ र संगठित कांग्रेस निर्माणका लागि सबै असहयोगी साथीहरुलाई क्षमादान गर्ने निर्णयमा पुगेको अवगत गराउन चाहन्छु,’ उनले भनेका छन्। 

तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा र कांग्रेसले दोलखाका दुवै प्रदेशसभामा उम्मेदवार उठाएका थिए। 

जिल्ला सभापति लामा प्रदेशसभा ‘ख’ बाट उम्मेदवार थिए। उनी नेकपा एमालेका भरतबहादुर केसीसँग १ हजार ७८५ मतले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .