नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने माग गर्दै परेको रिटको आज सुनुवाइ हुँदैछ।
पार्टीलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै परेको रिटमा आज सुनुवाई हुने भएको हो।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद्स चिवालयविरुद्ध सो रिट निवेदन दिएका थिए।
सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन्। सोही आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो।
यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।
48
Shares
प्रतिक्रिया