ad ad

राजनीति


सचिवालय बैठकमा ओलीले भने–प्रचण्ड सुध्रिएका रहेनछन्

सचिवालय बैठकमा ओलीले भने–प्रचण्ड सुध्रिएका रहेनछन्

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १३:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नसुध्रिएको बताएका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले सुध्रिएका हुन् कि भनेर विगतका सबै कुरा बिर्सेर सहकार्य गरेपनि त्यस्तो नदेखिएको बताएका हुन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय पनि गरेको छ।

आइतबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेकी परराष्ट्रमन्त्री विमला पौड्याललाई रोकिएपछि एमालेले आकस्मिक सचिवालय बैठक राखेको हो।

‘हामीमाथि अपमान गर्ने काम भयो, कोलिसनको सरकारमा रहेका प्रधानमन्त्री प्रचण्डले अपमान गरे,’ बैठकमा अध्यक्षको भनाई उधृत गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘उनको स्थिति बदलिएको भन्ने सोचेका थियौं, अझै व्यवहार परिवर्तन भएको रहेनछ। अब यही अपमान सहेर सरकारमा बस्न सकिएन।’

एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .