ad ad

राजनीति


राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

नेपालखबर
फागुन २४, २०७९ बुधबार १८:४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले हिन्दुराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ।

भोलि हुने राष्ट्रपति निर्वाचनमा नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

मंसिर ४ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गएको राप्रपा एमाले–माओवादी गठबन्धन भत्किएसँगै सरकारबाट बाहिरिएको थियो। 

के रास्वपा र राप्रपाले एमालेलाई छोडेका हुन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .