ad ad

राजनीति


सुवास नेम्वाङ भन्छन् : जनताको राष्ट्रपति निस्किँदा सडकमा जाम हुनु हुँदैन

सुवास नेम्वाङ भन्छन् : जनताको राष्ट्रपति निस्किँदा सडकमा जाम हुनु हुँदैन

राष्ट्रपति निर्वाचनका क्रममा सुवास नेम्वाङ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:५१, काठमाडौँ

नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार सुवास नेम्वाङले आफू निर्वाचित भए परिवारको सदस्य जसरी काम गर्ने बताएका छन्। 

संघीय संसद भवनमा बिहीबार जारी मतदानका क्रममा उनले कुनै कुलको छोरो जन्मिनेबित्तिकै राजा हुने परम्परा आफूहरुले भत्काएको पनि बताए।

'जनताले जनताका लागि शासन गर्ने व्यवस्था गरेका छौँ। कुनै कुनै कुलमा जन्मिनेबित्तिकै राजा हुने अवस्था रहँदैन', उनले भने, 'अब भने जनताको राष्ट्रपतिका रुपमा हामीले काम गर्न सक्नु पर्छ। म निर्वाचित हुन सफल भएँ भने म जनताको राष्ट्रपतिका रुपमा काम गर्नेछु।'

उनले राष्ट्रपति सडकमा निस्किँदा जाम भएर जनतालाई दु:ख नदिने बताए। 'राष्ट्रपतिको सवारीलाई पनि त्यहीअनुसार मिलाउँछु। जनताको राष्ट्रपति शीतल निवासबाट निस्किँदा जाम हुनु हुँदैन', उनले भने, 'आकाशमा उड्दा आकाश जाम हुनु हुँदैन। परिवारको सदस्य जस्तो हुनुपर्छ।'

उनले म सबै दल र जनताको साझा अभिवभावका रुपमा जाने प्रयास गरिरहेको पनि बताएका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .