ad ad

राजनीति


१६ जिल्लाका प्रहरी प्रमुख हेरफेर, कास्कीमा श्यामबाबु ओलिया खटाइयो

१६ जिल्लाका प्रहरी प्रमुख हेरफेर, कास्कीमा श्यामबाबु ओलिया खटाइयो

नेपालखबर
असोज ८, २०८१ मंगलबार २०:२९, काठमाडौँ

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेका छन्। सोमबार गृस प्रस्थान गर्नुअघि नै महानिरीक्षक कुंवरले गरेको सरुवाको निर्णय प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुका सार्वजनिक गरेको छ।

प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्स्कीमा पनि प्रहरी प्रमुख हेरफेर गरेको छ। त्यहाँ कार्यरत एसपी मोहनकुमार थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन ईकाई नक्सालमा सरुवा गरिएको छ।

कास्कीको प्रहरी प्रमुखको जिम्मेवारी श्यामबाबु ओलियाले पाएका छन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत थिए।

यस्तै भक्तपुरसहित अरु १५ जिल्लामा पनि प्रहरी प्रमुख हेरफेर गरिएको छ। दाङमा अर्जुनप्रसाद तिमिल्सिना, बर्दियामा केदार खनाल, सिन्धुलीमा गोबिन्दराज काफ्ले, सप्तरीमा ढकेन्द्र खतिवडा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, इलाममा प्रभु ढकालकै सरुवा कायम गरिएको छ।

यस्तै डोटीमा बिनोद शर्मा, मकवानपुरमा विश्वराज खड्का, तनहुँमा विरेन्द्रबहादुर शाही, भक्तपुरमा माधवप्रसाद बुढाथोकी, पूर्वी नवलपरासीमा यादब ढकाल, सिरहामा रमेश पण्डित सरुवा भएका छन्।

धनकुटामा श्याम सिंह चौधरी, सुनसरीमा सुमनकुमार तिम्सिनालाई सरुवा गर्दा  उदयपुरमा हरिहरनाथ योगीको सरुवा कायम गरिएको छ। उनी यसअघि नै त्यहाँ कागजमा खटिएका थिए।

प्रहरी प्रधान कार्यालयले एकसाथ ४१ जना एसपीको सरुवा गरेको हो। जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .