राजनीति


पौडेललाई भेटेर निधिले दिए बधाई

पौडेललाई भेटेर निधिले दिए बधाई

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार २१:३९, काठमाडौँ

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई भेटेर नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन्।

नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उनकै निवास बोहोराटार पुगेका थिए।

भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनाव लगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो।

निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको रक्षाका लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको भेटपछि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .