नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ जिल्ला अध्यक्षको जिम्मेवारी मनिष डंगोललाई दिएको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्न शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन्। डंगोल काठमाडौँ महानगरपालिका–२६ सामाखुसीका स्थायी बासिन्दा हुन्।
अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।
नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ। रासस
39
Shares
प्रतिक्रिया