ad ad

राजनीति


सभामुख घिमिरे र बहराइनका समकक्षीबीच भेटवार्ता

सभामुख घिमिरे र बहराइनका समकक्षीबीच भेटवार्ता

नेपालखबर
फागुन २९, २०७९ सोमबार १९:४७, काठमाडौँ


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका छन्। 

अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा  घिमिरेले बहराइनका सभामुख मुसलामसँग सोमबार भेट गरेका हुन्। 

सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए। 

उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिए।  
‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनले भने। 

सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाई उडान, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए।

सभामुख घिमिरेले नेपालका नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा धन्यवाद दिए।

जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारीपूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए। 

उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .