स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत ललितपुरको पुल्चोक क्याम्पसमा सभापति पदमा विद्यार्थी जनमत संघले अखिल (क्रान्तिकारी) लाई समर्थन गर्ने भएको छ।
जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघबाट पुल्चोक क्याम्पसको स्ववियु सभापति पदमा उम्मेदवार बनेका सुमितकुमार यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का उम्मेदवार अजयकुमार मण्डललाई समर्थन गर्ने भएका हुन्।
यस विषयमा जनमत संघ र अखिल क्रान्तिकारीका पुल्चोक क्याम्पस एकाइ समितिबीच सहमति भएको हो। सहमतिअनुसार पुल्चोक क्याम्पसमा स्ववियु सहसचिव पदमा जनमत संघका उम्मेदवारलाई अखिल क्रान्तिकारीले समर्थन गर्नेछ।
यही चैत ५ गते देशभरका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।
225
Shares
प्रतिक्रिया