राजनीति


मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन सकेन : ओली

मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन सकेन : ओली

फाइल फोटाे


नेपालखबर
चैत २, २०७९ बिहिबार १८:५९, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबी समेत गरे।

उनले भने, ‘न्यायलय साँच्चै स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुुनुपर्छ। राजनीतिक हिसाव वा कुनै अन्य हिसावले पनि डर, त्रास, प्रलोभन केहीमा पर्नु हुँदैन। र, न्याय सम्पादन गर्नु पर्दछ। कानुनको मुख्य उद्देश्य त्यो हो। र, हुनु पर्दछ। तर त्यो हुन सकेको छैन। मैले अपेक्षा गरेको छु–हाम्रो नयाँ जेनेरेशनले कुनै पनि प्रकारको डर, लोभ, त्रास, प्रलोभनमा नपरी न्याय दिनु पर्दछ।’

न्यायालयले न्याय सम्पादन गर्नुपर्ने र त्यसका लागि न्यायाधीशहरु कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रहमाथि रहनुपर्ने अध्यक्ष ओलीको भनाई थियो। उनले नयाँ पुस्तालाई कुनै पनि स्वार्थमा नफसी न्याय सम्पादन गर्न आग्रह गरे। 

उनले भने, ‘न्यायालय निष्पक्ष हुनु पर्दछ। यदि न्यायाधीशलाई उसको स्वार्थ कतै बाझिएको छ भने उसले त्यो केस हेर्न हुन्न। आफन्तको छ भने हेर्न हुन्न। स्वार्थ बाँझिएको छ भने हेर्न हुन्न। अथवा कहिलेकहिले कुनै पनि कारणवश न्यायाधीशको मनमा यदि दुई वटा पीडक र पीडित भनिएका पक्षहरु वा अभियुक्तप्रति फौजदारी केश होला, राजनीतिक केश होला वा अरु केशहरु होलान्। यस्तो कुराहरुमा ऊसप्रति यदि आफूमा आग्रह भयो भने, मनमा आग्रह पलायो भने यस्तो अवस्थामा ऊसले आफ्नै नैतिकताले ममा आग्रह पलाएको हुनाले म यो केश गर्न असमर्थ छु भन्नु पर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .