राजनीति


उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
चैत ३, २०७९ शुक्रबार ७:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ। बैठक शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालखबरलाई जानकारी दिए। 

पार्टी केन्द्रीय कायौलय बसुन्धारामा बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीको सहभागीताबारे छलफल गर्ने छ। 

‘बिहान साढे ११ बजेका लागि पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछौं,’ बुर्लाकोटीले भने, ‘उपराष्ट्रपति निर्वाचनबारे औपचारिक निर्णय नभएपनि पार्टीका साथिहरूसँग छलफल गरेर एउटा समझदारी बनाउँछौं।’

उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।

रास्वपाले गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो।

उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र बिहीबार सार्वजनिक गरेको छ। 

त्यसबेला बहिष्कार गरेका मधेशकेन्द्रित दलहरुबाट अहिले तीन जना उम्मेदवार छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।

जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्।

उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि उम्मेदवारी निष्कृय भएको घोषणा गरेकाले उनको नाम पनि आयोगले मतपत्रमा भने राखेको छ। 

अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .