ad ad

राजनीति


उपराष्ट्रपतिमा रास्वपाले ममता झालाई मत दिने

उपराष्ट्रपतिमा रास्वपाले ममता झालाई मत दिने

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १४:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मत दिने भएको छ।

उपराष्ट्रपति निर्वाचनबारे औपचारिक निर्णय नगरेपनि पार्टीको आन्तरिक छलफलले झाको पक्षमा मतदान गर्ने सहमति भएको एक सांसदले नेपालखबरलाई जानकारी दिए। 

‘निर्वाचन आचारसंहिता लागु भएकोले औपचारिक निर्णय गर्ने कुरा भएन,’ ती सांसदले भने, ‘यसपटक उपराष्ट्रपतिमा ममता झालाई मत दिन्छौं। त्यसका लागि हामीले केही समझदारी पनि बनाएका छौं।’

केही समय अघि रास्वपा सभापति रवि लामिछानेको पक्षमा जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलेर प्रशंसा गरेका थिए। त्यही बेलादेखि औपचारिक र अनौपचारिक रुपमा जनमत पार्टीसँग रास्वपा छलफलमा थियो।

रास्वाले शुक्रबार (३ चैत) मा बोलाएको पार्टीको बैठक निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .