ad ad

राजनीति


लोकतन्त्र स्थापनामा सामुदायिक रेडियोहरूको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

लोकतन्त्र स्थापनामा सामुदायिक रेडियोहरूको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

नेपालखबर
चैत ९, २०७९ बिहिबार १२:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र स्थापना तथा सामाजिक विभेद र कुरीति अन्त्यमा सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामुदायिक रेडियोको प्रशंसा गरेका हुन्। 

‘शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण छ’, उनले भने, ‘साथै सामाजिक विभेद, कुरीति एवं विसंगतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .