ad ad

राजनीति


चुनाव हुने दिन क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नेपाल कमर्स क्याम्पसमा आन्दोलन (तस्बिर)

चुनाव हुने दिन क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नेपाल कमर्स क्याम्पसमा आन्दोलन (तस्बिर)

नेपाल कमर्स क्याम्पस परिसरमा विरोधमा उत्रिएका विद्यार्थी


नेपालखबर
चैत ११, २०७९ शनिबार ९:३५, काठमाडौँ

नेपाल कमर्स क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएपछि नेविसंघका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। 

स्ववियु चुनावअन्तर्गत क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन तालिका थियो। तर क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद शिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी  सम्पर्कविहीन बनेपछि मतदाता विद्यार्थी आक्रोशित भएका हुन्। 

विद्यार्थी नेता भुवन भट्टले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा नियोजित तरिकाले निर्वाचन भाँडिएको दाबी गरे। 

‘बिहान ८ बजेबाट निर्वाचन सुरु हुने सूचना निकालेका क्याम्पस प्रमुख सम्पर्कविहीन छन्’, उनले भने, ‘नेविसंघ निर्वाचन सुनिश्चित गराउन माग गर्दै आन्दोलनमा उत्रिएको हो।’ 

तत्काल मतदान प्रक्रिया सुरु गरिनुपर्ने आफूहरूको माग रहेको उनले बताए। 

तर प्रहरी हस्तक्षेपका कारण कारण आफूहरू क्याम्पसभित्र छिर्न नपाएको उनले बताए। ‘हामी तत्काल चुनाव गराउन प्रदर्शनमा छौँ। नेविसंघ तत्काल चुनावको प्रक्रिया सुरु गराउनुपर्छ भन्ने पक्षमा छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .