ad ad

राजनीति


दुर्घटनामा परेका जनताको निःशुल्क उपचार होस् : रामहरी खतिवडा

दुर्घटनामा परेका जनताको निःशुल्क उपचार होस् : रामहरी खतिवडा

नेपालखबर
चैत १२, २०७९ आइतबार १३:३६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बसमा यात्रा गर्नु हरेक यात्रुको बीमा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले सिटामोल समेत नपाएर जनताले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए। 

‘ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा जीप बोलेरो दुर्घटना भयो। जहाँ २ जनाको निधन भएको थियो,’ खतिवडाले आफ्नो गृह जिल्लाको प्रसंग झिक्दै भने, ‘जीपमा यात्रा गर्ने अरू यात्रीहरुलाई काठमाडौं ल्याएर उपचार गराउने काम भयो। तर बिरामी यहाँ आइपुगेपछि उनीहरूसँग शरिमा लगाएको कपडाबाहेक केही थिएन।’

तर अस्पतालले डिपोजिट मागेको भन्दै उनीहरूको उपचार हुन नसकेको खतिवडाले संसदमा सुनाए। 

‘मान्छेहरु सिटामोल नपाएर मर्ने स्थिति भएको छ। राज्यले अर्बौं रकम पहुँचवालालाई दिने परम्परा छ,’ खतिवडाले भने, ‘तर यसरी दुरदराजबाट आएका बिरामीलाई राज्यले निस्शुल्क उपचारको व्यवस्था गरोस्।’

बस दुर्घटना परेपछि कुनै बीमा नभएको भन्दै बस धनीहरू समेत फेला नपर्ने समस्या नभएको उनले गुनासो गरे। 

‘उनीहरुको पनि त्यही अवस्था भयो। उपचार गर्ने पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था भयो। बसमा जाने यात्रुहरुलाई बीमाको व्यवस्था गरेर दुर्घटनाका बिरामीको उपचार सरकारले गर्ने व्यवस्था गरोस्।’ खतिवडाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .