ad ad

राजनीति


गठबन्धनका दलसँग छलफल गरेर चितवन उडे प्रधानमन्त्री, फर्किएपछि क्याबिनेट विस्तार

गठबन्धनका दलसँग छलफल गरेर चितवन उडे प्रधानमन्त्री, फर्किएपछि क्याबिनेट विस्तार

नेपालखबर
चैत १६, २०७९ बिहिबार ९:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन उडेका छन्। सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्ड चितवन उडेका हुन्। 

स्रोतका अनुसार आजै चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभगाी हुन प्रचण्ड चितवन गएको उनको सचिवालयले जनाएको छ। 

प्रचण्ड चितवनबाट फर्किएपछि पुनः सत्ता गठबन्धनको बैठक बसेर अन्तिम नामावली तयार गर्ने तयारी छ। 

स्रोतका अनुसार दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम आयोजना गरिएको छ। 

नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले २÷२, नागरिक उन्मुक्ति, लोसपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीले १÷१ वटा मन्त्रालय लिनेगरी सत्ता गठबन्धनमा सहमति भएको छ। 

त्यस्तै, स्वतन्त्रबाट वियजी भएका प्रभु शाहलाई पनि मन्त्री बन्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .