ad ad

राजनीति


सरकारले मिटरब्याजीपीडितलाई फेरि धोका दियो : ठाकुर गैरे

सरकारले मिटरब्याजीपीडितलाई फेरि धोका दियो : ठाकुर गैरे

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार १३:२६, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दिएको आरोप लगाएका छन्।

आइतवार बसेको प्रतिनिधिसभा को बैठकको शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

'सरकारले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दियो', उनले भने, ' पीडितहरुमाथि सरकारबट अर्को धोक भएको छ। एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरुलाई अझै धोका दिने काम भएको छ।'

उनले आयोगमाथि आयोग बनाउँदा पीडितहरुले न्याय पाउने भन्दा पीडकहरुलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए। 

सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरुबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .