प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ वर्षको अवसर पारेर पार्टी कार्यालयमा हरेक शुक्रबार नेता/कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमको सुरुवात गर्दै छन्।
प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले आजदेखि हप्ताको हरेक शुक्रबार पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।
त्यसका लागि प्रधानमन्त्री प्रचण्ड अहिले पेरिसडाँडा पुगिसकेका छन्।
आज शुक्रबार नयाँ वर्ष २०८० सुरु भएको छ।
36
Shares
प्रतिक्रिया