ad ad

राजनीति


चिकित्सा शास्त्रमा विद्यार्थी भर्ना गर्दा योग्यताक्रम मिचियो : डा. तोसिमा कार्की

चिकित्सा शास्त्रमा विद्यार्थी भर्ना गर्दा योग्यताक्रम मिचियो : डा. तोसिमा कार्की

नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन्।

सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिइन्।

सांसद कार्कीले भनिन्, ‘एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो। तर, यहाँ यस पटकको त्रुटीपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढि अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सिर्जना भएको छ। यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ।’

सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .