ad ad

राजनीति


गायत्री मन्त्र वाचन गर्दै राप्रपा सांसदले मागिन् हिन्दुराष्ट्र

गायत्री मन्त्र वाचन गर्दै राप्रपा सांसदले मागिन् हिन्दुराष्ट्र

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:३०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने बताएकी छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा सुरुमै उनले गायत्री मन्त्र गाइन्। 

'ॐ भू: भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात्', उनले सम्बोधनको सुरुमै भनिन्, 'यदि देश र जनताप्रति इमान्दार हुन ईश्वरको नाममा शपथ खान सकिन्छ भने संसदमा गायत्री मन्त्र गाउन सकिन्छ।'

उनले आफूले सबै धर्मलाई सम्मान गर्ने बताउँदै नेपालमा हिन्दु राष्ट्र चाहिने उल्लेख गरिन्। 'म सबै धर्मलाई म सम्मान गर्छु, तर माई रिलिजन इज माई प्राइड', उनले थपिन्, 'कुनै पनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ। त्यसैले सर्वधर्म सम्पन्न नेपाल हिन्दु राष्ट्र कायम होस्, जयश्रीराम!' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .