ad ad

राजनीति


चितवन २ मा ७३ हजार बढीले गरे मतदान

चितवन २ मा ७३ हजार बढीले गरे मतदान

नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:११, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा ७३ हजार बढी मतदाताले भोट हालेका छन्। 

आइतार भएको उपनिर्वाचनअन्तर्गत चितवन २ मा ७३ हजार ३ सय ५९ जनाले निर्धारित समय अपरान्ह ५ बजेसम्म मतदान गरिसकेका चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए। 

त्यहाँ उपनिर्वाचनका लागि १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन्। 

चितवन २ मा निर्धारित ५ बजेभन्दा पछाडि पनि एउटा मतदान केन्द्रमा अहिले मतदान जारी छ। 

आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो।

कृष्णपुरमा तत्कालै सुचारु भए पनि नयाँकिरणमा भने करिब  ४ घण्टा मतदान रोकिएको थियो। बिान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि मात्रै सुचारु भएको थियो।

त्यो मतदान केन्द्रमा निर्धारित समयपछि पनि मतदान हुने बताइएको छ। त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मदतान हुने बताइएको छ।

चितवनका केही केन्द्र छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा भएको एसपी कार्कीले नेपालखबरसँग बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .