ad ad

राजनीति


वैचारिक संगठन बनाउन नसके कांग्रेसका दिन अझै मुस्किल बन्छ : सिंह

वैचारिक संगठन बनाउन नसके कांग्रेसका दिन अझै मुस्किल बन्छ : सिंह

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जनताको चाहना अनुरुपको वैचारिक पार्टी संगठन बनाउन नसके कांग्रेसका लागि आगामी दिन झन मुस्किल बन्ने बताएका छन्। 

नेपाल ट्रेड युनियन दोलखाको नवनिर्वाचित कार्यसमितिको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

कांग्रेसको संगठनलाई समय अनकुल रुपान्तरण गर्न जरुरि भएको उनको भनाई छ। पछिल्ला दिनहरूमा बढ्दै गएको चुनौतीलाई सामना गर्नसक्ने पार्टी निर्माणमा केन्द्रीत हुन उनले कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। 

‘पार्टी संगठनमा व्यापक सुधारको खाँचो छ,’ सिंहले भने, ‘विधि र प्रक्रियालाई बेवास्ता गर्दा यो अवस्थामा पुगिएको हो। सबैले पार्टीको विधि प्रक्रियामा चल्नुपर्छ।’

राजनीतिमा सबै प्रकारका उतारचढाव आउने भएकाले हतोत्साही नबनि क्रियाशिल रहन समेत उनले आग्रह गरेका छन्। 

कार्यक्रममा कांग्रेस निकट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पनि पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .