अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रशंसा गरेका छन्।
यी दुई मन्त्रीले थालेका सुधार अभियानका कारण कलाकार गिरी प्रभावित भएका हुन्।
सामाजिक सञ्जालमा दुवै मन्त्रीको तस्बिर राख्दै उनले राम्रोलाई राम्रो भन्न सक्नुपर्ने जिकिर गरेका छन्।
‘नराम्रो मात्रै देख्नु पनि नराम्रो हो’, गिरीले लेखेका छन्, ‘राम्रोलाई त राम्रो पनि भन्नुपर्यो नि!’
यस क्रममा उनले सञ्चारमाध्यममा प्रकाशित गृहमन्त्री श्रेष्ठले गरेका कामको सूची पनि देखाएका छन्।
ती हुन्–
-गृहमन्त्री र गृहसचिवको सुराकी खर्च खारेज
-नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन
-विदेशी कम्पनीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने कार्यविधि खारेज
-मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग
-बिनाहस्तक्षेप सरुवा–बढुवा
Shares
प्रतिक्रिया