राजनीति


परराष्ट्रमन्त्री साउद आज बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै

परराष्ट्रमन्त्री साउद आज बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै

लन्डनको हिथ्रो विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री साउदलाई बिहीबार गरिएको स्वागत। तस्बिर : रासस


नेपालखबर
बैशाख २३, २०८० शनिबार ८:५९, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउद आज बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै छन्। 

सो कार्यक्रममा सहभागी हुन बिहीबारै लन्डन पुगेका परराष्ट्रमन्त्री साउद शुक्रबार बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा राजा चार्ल्सले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।

आज भने वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

पछिल्लो ७० वर्षयता बेलायतमा यो पहिलो राज्याभिषेक हुन लागेको हो। यसैलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त समारोहमा झन्डै  सय देशका सरकार प्रमुख सहभागी हुनेछन्।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाटका साथै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .