ad ad

राजनीति


बागमती सरकारले आज पूर्णता पाउने, गठबन्धनको बैठक बस्दै

बागमती सरकारले आज पूर्णता पाउने, गठबन्धनको बैठक बस्दै

नेपालखबर
जेठ ३, २०८० बुधबार ११:४८, काठमाडौँ

बागमती प्रदेशको मन्त्रीपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दैछ।

बुधबार गठबन्धनमा रहेका तीन दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको साझा बैठक बस्न लागेको हो।

आज बस्ने बैठकले बागमती सरकारलाई पूर्णता दिने सत्ता पक्षका सांसदहरूले बताएका छन्। 

यसअघि लामो समयसम्म भागवन्डा नमिल्दा अपूर्ण रहेको सरकारले पूर्णता पाउन लागेको हो। केन्द्रको निर्देशनअनुसार नै कांग्रेसले ५  र एकीकृत समाजवादीले २ मन्त्रालय पाउनेगरी सहमति भएको हो।

यसअघि गत चैत्र २६ गते कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा अर्थ र तिर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिंचाइँमन्त्रीमा नियुक्त भएका थिए।

हाल बागमती मन्त्रीपरिषद्‌मा ५ मन्त्रालय रिक्त छ। अब कांग्रेसबाट ३ मन्त्री नियुक्त हुनेछन् भने एकीकृत समाजवादीबाट दुई मन्त्री नियुक्त हुने भएका छन्। 

११ सदस्यीय बागमती मन्त्रीपरिषद्‌मा हाल कांग्रेसका २ र मुख्यमन्त्रीसहित माओवादीका ४ मन्त्री छन्।

रिक्त ५ मन्त्रालयमा सम्भव भएसम्म आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको माओवादी केन्द्रका एक सांसदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .