ad ad

राजनीति


भारत भ्रमणको क्रममा देशको एकता, अखण्डता र स्वाधिनतामा सम्झौता गर्दिनँ : प्रधानमन्त्री

भारत भ्रमणको क्रममा देशको एकता, अखण्डता र स्वाधिनतामा सम्झौता गर्दिनँ : प्रधानमन्त्री

नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित, एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा भ्रम पर्न नदिने प्रतिवद्धता जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

उनले भारत भ्रमणको क्रममा ईपीजी रिपोर्टदेखि सीमा समस्याका विषयमा छलफल हुने बताए।

‘भारत भ्रमणमा इपिजी रिपोर्टदेखि लिएर सिमा समस्यासँग सम्बन्धित विषयहरुमा हामी हाम्रो एक इन्च जमीन पनि छाड्न सक्दैनौं, हामीलाई पनि छिमेकीको एक इन्च पनि जमीन चाहिँदैन,’ उनले भने, ‘यो नीति अन्तर्गत सबै दलहरू र सदन एकमत नै छौं। त्यही मान्यतामा रहेर भारत सरकारसँग छलफल हुन्छ।’

त्यसबारेको रिपोर्ट भारत भ्रमणपछि मात्र भन्न सकिने उनले बताए। 

‘नेपालको राष्ट्रिय हित, एकता र अखण्डता स्वाधिनतामा कुनै किसिमको सम्झौता वा भ्रम पर्न दिइने छैन। यति कुरा म विश्वास दिलाउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले सीमा सम्बन्धि समस्या  कुटनीतिक माध्यमबाट टुंग्याउने प्रधानमन्त्री प्रचण्डले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .