ad ad

राजनीति


जेनेभा जानुअघि स्वास्थ्यमन्त्रीले भने : विदेश भ्रमणका धेरै फाइल रोकिदिएको छु

जेनेभा जानुअघि स्वास्थ्यमन्त्रीले भने : विदेश भ्रमणका धेरै फाइल रोकिदिएको छु

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १३:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत आज (शुक्रबार) राति २ बजे  स्वीजरल्याण्डको जेनेभा जाँदैछन्।

 विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा सहभागी हुन मन्त्री बस्नेतसहित ६ जनाको टोली स्वीजरल्याण्डको जेनेभा जान लागेका हुन्।

जेनेभामा मे २१ देखि ३० सम्म डब्लुएचओको महासभामा सहभागी हुन जान लागेको  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।

मन्त्री बस्नेत सुरुको दुई दिन मात्र सहभागी भएर फर्कनेछन्।

यो पटक आवश्यक टोलीलाई मात्र जेनेभा लैजान लागेको मन्त्री बस्नेतले बताए।

‘६ जनाको टोली इतिहासकै सानो टोली हो। यो भन्दा अगाडि धेरै ठूलो संख्यामा जानु हुन्थ्यो’ मन्त्री बस्नेतले भने।

स्वास्थ्यमन्त्री बस्नेतले अहिले विदेश भ्रमणसम्बन्धी धेरै फाइलहरु आफूले रोकिदिएको जानकारी दिए। आवश्यकता र औचित्यताका आधारमा मात्रै विदेश भ्रमण जान स्वीकृति दिइने उनले बताए।

‘स्वास्थ्य मन्त्रालयको विदेश भ्रमण एउटा रोग भएको छ’ उनले भने, ‘दुर्गममा बसेकाहरु कहिल्यै मोका नपाउने, विषय विज्ञको नाउँमा पटक पटक एउटै मान्छे विदेश जाने गरेको पाइएको छ। अब त्यस्तो कुराको अन्त्य गर्छु’ उनले भने ।

उनले विदेश भ्रमणमा गएकाहरुले गरेको उपलब्धिबारे आफूले छानबिन गर्ने पनि बताए।

मन्त्री बस्नेतले भने, ‘एक वर्ष यता कति जना, कुन–कुन भ्रमणमा जानु भयो र केका लागि जानु भयो? त्यसको उपलब्धी के भयो भनेर मैले छानबिन गर्न लागेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .