बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन मन्त्रालय बढाउनु परेको बताएका छन्।
प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले सरकारलाई पूर्णता दिन ठुलो चुनौती आएपछि संख्या बढाउन परेको बताए। मन्त्रालय थपिए पनि विभाजन नगरिएको उनले बताए। उनले भने, 'हाम्रा ११ वटा मन्त्रालय हुन्, त्यसमा एक जना बिनाविभागीय मन्त्री थपिएको हो।'
सरकारमा सहभागी सबै दलहरूको प्रतिनिधित्वलाई मिलाएर लाने अवस्थामा केही जटिलता, केही अप्ठ्याराहरू आइपरेको उनले बताए। भने, 'त्यसलाई मिलाउने क्रममा हामीले एक जना बिनाविभागीय मन्त्री नियुक्त गरेका हौं।’ भागबण्डा मिलाउन मन्त्री थप्नुपरेको उनले बताए।
बिना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी कहिले र कुन मन्त्रालयमा दिने? भन्ने प्रश्नमा मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘बल्ल त हामी सरकारलाई पूर्णता दिन सफल भयौं। अब हामी सरकारमा छलफल गर्छौं। कुन मन्त्रालय दिने कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गरेर निर्णय लिन्छौं। मन्त्री नियुक्त गरेपछि जिम्मेवारी पनि छिट्टै दिन्छौं।’
आइतबार बागमतीमा रिक्त ५ मन्त्रालय र बिना विभागीय १ मन्त्री गरी कांग्रेस र एकीकृत समाजवादीबाट ६ मन्त्री नियुक्त भएका हुन्।
Shares
प्रतिक्रिया