राजनीति


भारत भ्रमणको २ दिनअघि प्रधानमन्त्रीले लिएको सुझाव औपचारिकता मात्रै : बाबुराम

प्रधानमन्त्रीलाई सुझाव- ईपीजीको प्रतिवेदन ग्रहण गर्नू
भारत भ्रमणको २ दिनअघि प्रधानमन्त्रीले लिएको सुझाव औपचारिकता मात्रै : बाबुराम

नेपालखबर
जेठ १४, २०८० आइतबार १६:४३, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको भ्रमण हुनुभन्दा २ दिन अघि लिइएको सुझाव ‘औपचारिकता’ मात्र भएको बताएका छन्। 

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको पूर्वप्रधानमन्त्री र दलका नेताहरूबीचको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले सो कुरा बताएका हुन। 

साथै, उनले आफू प्रधानमन्त्री हुँदा भएको ईपीजी प्रतिवेदन ग्रहण गर्ने सुझाव प्रधानमन्त्रीलाई पदिएको बताए। 

‘प्रधानमन्त्रीको भ्रमणको २ दिन अघिमात्र सुझाव दिनु औपचारिक मात्र हुन्छ। कूटनीतिक तवरबाट तयारी भएको हुन्छ अन्ततः त्यही हुने हो,’ डा. भट्टराईले भने, ‘एजेण्डा तय पनि भइसकेको छ। जलस्रोतसँग सम्बन्धित विषय अगाडि बढेको बुझिन्छ।’

पञ्चेश्वर लगायतका परियोजनामा पानी आधा आधा हुने व्यवस्था छाड्न नहुने सुझाव आफूले दिएको पनि उनले बताए। 

‘मुख्य कुरो त छिमेकीसँग राम्रो सम्बन्ध बनाउनका लागि विश्वासको वातावरण प्रमुख हो। हाम्रो सीमा समस्या छन्, पारवहान, सन्धी लगायतका समस्या समाधान गर्नुपर्नेछ,’ डा. भट्टराईले भने, ‘मेरो पालमा सुरु भएको ईपीजीको प्रतिवेदन ग्रहण गर्दा सबैभन्दा राम्रो हुन्छ। त्यो भएपछि धेरै समस्या हल हुन्छ। के कारणले यो रोकिएको हो त्यो थाहा हुनुपर्यो।’

हवाई रुटको विषमयमा पनि कुरा अघि बढेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .