राजनीति


निर्मल लामाको नाममा जग्गा दिएर व्यापारीकरण गर्न खोजियो : प्रदीप पौडेल

निर्मल लामाको नाममा जग्गा दिएर व्यापारीकरण गर्न खोजियो : प्रदीप पौडेल

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १२:२६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन्। 

गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने स्पष्ट नीति ल्याउनुपर्ने बताए। 

उनले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताए। 

पौडेलले  काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए। 

सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए। उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनी दिए।

‘नेपालभरका सार्वजनिक जग्गा सरकारले पहिल्याउनु पर्छ। संरक्षण गर्न स्पष्ट नीति ल्याउनुपर्छ। स्थानीय सरकारसँगको समन्वयमा यसको पैरवी गर्ने प्रतिवद्धता गर्छु। काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र वृक्षारोपण गर्छौँ’, उनले भने, ‘काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थिति अन्त्य गर्नेछौँ। नागरिकको हितका लागि प्रयोग गर्छौँ। यो जग्गामा व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन। केहीको स्वार्थ पूरा गर्न निर्मल लामालाई बदनाम गर्न पाइँदैन।’ 

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितका लागि प्रयो गर्नुपर्ने बताए। उनले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए विरोधमा उत्रिने पनि बताए।

सांसद पौडेलले वृक्षारोपण गरेको जग्गा उनकै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .