प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन्।
सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको उनले बताए।
‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाईदा छैन। अहिले तपाईहरुले भन्नु भयो नि ईपीजीको कुरा। यो हामी सबैको चासोको विषय हो,’ उनले भने, ‘अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन। आफ्नो ढंगले कुरा गरेको छु। तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन।’
भारतको औंपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखि वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहो¥याए।
‘हामीले जुन तरिकाले कुरा गरियो, त्यो तरिकाले कुरा भएको छ। । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसलाई कार्यान्वयनमा लैजानु छ। कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ। त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ। कामकाजी भएको छ।’
Shares
प्रतिक्रिया