राजनीति


खप्तडमा रामदेव : ब्राण्ड एम्बेस्डरको इच्छा देखाए, प्रधानमन्त्रीको प्रशंसा गरे

खप्तडमा रामदेव : ब्राण्ड एम्बेस्डरको इच्छा देखाए, प्रधानमन्त्रीको प्रशंसा गरे

गोकुल जोशी
जेठ २३, २०८० मंगलबार १६:४१, कञ्चनपुर

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एक कार्यक्रमकाबीच आध्यात्मिक सम्मेलनको उद्घाटन गरे।

कार्यक्रममा योग गुरु रामदेव पनि सहभागी थिए। उनी पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए।

त्यहाँ उनलाई ढाका टोली लगाइएको थियो। त्यसपछि धनगढीबाट हेलिकप्टरमा योग गुरु रामदेव खप्तड पुगेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए।

‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ,’ उनले भनेका थिए।

रामदेवले प्रधानमन्त्री दाहालको निकै प्रशंशा गरे। दाहाललाई शान्ति र क्रान्तिका नायक भएको उनले बताए।

प्रधानमन्त्री दाहाल वास्तविक कम्युनिष्ट भएको समेत रामदेवले दाबी गरेका थिए।

सम्मेलनमा भाग लिन रामदेवसँगै आचार्य बालकृष्ण पनि आएका छन्। यो सम्मेलन तीन दिनसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .