ad ad

राजनीति


महानगरको निर्णयविरुद्ध सांसद सापकोटा - पूर्वका लागि छुट्ने बस जडिबुटीबाटै छुट्नुपर्छ

महानगरको निर्णयविरुद्ध सांसद सापकोटा - पूर्वका लागि छुट्ने बस जडिबुटीबाटै छुट्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८० शुक्रबार १३:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटिबाटै बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा धारणा राख्दै सांसद सापकोटाले काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप लगायतका १३ जिल्लाका लागि जडिबुटिबाटै बस सञ्चालन हुनु पर्ने बताएका हुन्।  

सम्बोधनका क्रममा उनले भने ‘लामो समयदेखि यात्रुरुहरुलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो,। ०७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडीखेलमा बसपार्क सर्यो, अहिले ती बसलाई कतै पार्क छैन। यात्रु र मजदुरलाई निकै हैरानी छ।’ 

उनले हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने यातायातलाई गोंगबुबाटै सेवा सञ्चालन गर्न गरेको सूचना अव्यवहारिक भएको बताए।

उनले भने, ‘यातायात समितिले महानगरका मेयर समेतको परामर्शमा आफ्नै पहलमा जडीबुटीमा बसपार्क निर्माण र सञ्चालनको तयारी गरिरहँदा हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रुबसले आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गोंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ। टिकट काट्न पनि त्यहीं पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ।’

सांसद सापकोटाले जडिबुटीमा आएका बस गोंगबु पुग्नै पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धीत मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका हुन्। 

'जडिबुटीमा आएका बस गोंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन म सभामुखमार्फत् सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु,' उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .