ad ad

राजनीति


चीनमा ५ महिना लामो उपचारपछि फर्किँदै माओवादी नेता पुन

चीनमा ५ महिना लामो उपचारपछि फर्किँदै माओवादी नेता पुन

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १२:२८, काठमाडौँ

 नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त ५ महिना लामो उपचार गरेर फर्किँदै छन्।  

स्वास्थ्य जटिल भएपछि उनी ५ महिनाअघि उमचारका लागि चीन गएका थिए। पुन असार १ गते नेपाल फर्किने भएका छन्।

श्रीमतीसमेत रहेकी माओवादी नेत्री एवम् पूर्व सभामुख ओनसरी घर्तीसँगै नेपाल फर्कने तय भएको हो।

पुन असार १ गते शुक्रबार विहान ११ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ।

पूर्व अर्थ तथा ऊर्जामन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए।

उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो। 

उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ।

सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म सामान्य अवस्था मानिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .