ad ad

राजनीति


‘प्रधानमन्त्रीको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या प्राथमिकतामा किन परेन?’

‘प्रधानमन्त्रीको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या प्राथमिकतामा किन परेन?’

नेपालखबर
असार ५, २०८० मंगलबार १४:४८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् समाजवादी मोर्चाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा डुबान समस्याको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्

नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको धेरै समस्या भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणमा गम्भिरताका साथ कुरा नभएको गुनासो गरे। उनले डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसबारे नेपाल सरकारले भारतसँग गम्भिरतापूर्वक कुरा राख्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

अध्यक्ष नेपालले भने, ‘यो बाढी, डुबानको समस्या सीमा क्षेत्रमा धेरै ठूलो छ। सीमा पारी अग्लो बाँध बनाइएको छ । त्यसो हुनाले तराईका ती भूभागहरु डुबानमा पर्छन्। र, मेरै जिल्ला रौतहट पनि त्यही डुबानको शिकार हुने गरेको छ। त्यस्ता विषयलाई कति गम्भिरताका साथ उठाइएको छ?’

उनले थपे, ‘पोहोर सालको बाढीको बारेमा मैले चर्चा गर्नु पर्छ। बाढी आयो, ठूलै नेपालको भूभाग जलमग्न हुन थालेपछि मान्छेले बाँध काटन खोजे। पारीबाट सुरक्षाकर्मी आएर ती मान्छेहरुलाई घेरे। तर पानी आफैंले नै बाँध भत्काई सकेको हुनाले त्यो पानीको निकास भयो। र, एक ढंगले भन्ने हो भने डुबानबाट हुने धेरै क्षति कम भयो। यस्ता विषयहरुमा अलि गम्भिरताका साथ कुरा भएन। यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता छ।’

अध्यक्ष नेपालले भारतले सीमावर्ती जिल्लाहरुमा अग्लो बाँध बनाएकाकारण नेपालको भूमि डुबानमा पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .