ad ad

राजनीति


गगन र विश्वलाई लक्ष्मी खतिवडाको चुनौती : तपाईंहरुको पनि विकल्प खोज्न तयार छौँ

गगन र विश्वलाई लक्ष्मी खतिवडाको चुनौती : तपाईंहरुको पनि विकल्प खोज्न तयार छौँ

नेपालखबर
साउन ३, २०८० बुधबार १५:३०, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापति शेरबहादुर देउवालाई मात्रै दोष थोपरेर पार्टी अघि बढ्न नसक्ने बताएकी छन्। 

बुधबार सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले पार्टीलाई अघि बढाउने जिम्मा महामन्त्रीहरुको भएको भन्दै मिलेर अघि बढ्न सुझाइन्। 

‘कांग्रेस अहिले २१ औँ शताब्दीको कांग्रेस बन्ने अभियानमा छ। हाम्रा महामन्त्रीहरुले कांग्रेस नयाँ बनाउने सपना देखेका छन्’, उनले भनिन्, ‘तर महामन्त्रीहरुले दायरा फराकिलो बनाउन सकेनन् भने हामी विकल्प खोज्न तयार छौँ।’

उनले सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनलाई मात्रै दोष देखाएर नेतृत्व उम्किन नसक्ने बताइन्। 

‘सभापति संस्था हो। हिजो अरु कोही हुनु हुन्थ्यो आज देउवा हुनु हुन्छ। महामन्त्री र अरु नेताहरु सभापति खराब र अनिर्णयको बन्दी तर हामी असल भन्दै हुनुहुन्छ’, उनले भनिन्, ‘गठबन्धनको निर्णय केन्द्रीय समितिबाट गर्ने अनि दोष सभापतिलाई लगाएर उम्किन खोज्ने? राडीमा काम्लो नमुछ्नु मुछेपछि नघिनाउनु। पार्टीलाई अझै बलियो गरी खडा गर्न महामन्त्री र सभापतिहरु उभिनुपर्छ।’

खतिवडाले भ्रष्टाचाररहित समाज बनाउने चिन्तामा आफूहरु रहेको बताइन्। ‘कानुनी राज्य र न्यायिक सर्वोच्चता मान्छौँ’, उनले भनिन्, ‘कांग्रेसको एउटा नेता थुनिँदा अरु नेताहरु धन्यवाद दिन गृहमन्त्रीकहाँ जानु हुन्छ। तर अरु कुनै नेताको नाम आउँदा भने चुपचाप बस्नु हुन्छ।’

उनको यो भनाइ हाल केन्द्रीय कारागारमा थुनिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलक्षित थियो। खाँण पक्राउ परिसकेपछि कांग्रेसका नेताहरुको एउटा समूह गृहमन्त्री नाारायणकाजी श्रेष्ठलाई भेट्न पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .