ad ad

राजनीति


राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

नेपालखबर
साउन ४, २०८० बिहिबार १५:४८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको जानकारी दिए।

संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .