ad ad

राजनीति


सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारको तयारी

सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारको तयारी

नेपालखबर
साउन ९, २०८० मंगलबार १३:३६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आयोजनाहरु ठेक्कामा दिने र ठेक्का लगाएर निर्माणको काम ढिला हुने अवस्थामा सरकारले अब छुट नदिने बताएका छन्।

उनले लाइनविहीन यातायात कार्यालय, यातायात व्यवस्था विभाग र अन्य स्थानमा लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने गरी काम अघि बढाइरहेको बताए।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले वर्तमान सार्वजनिक खरिद ऐन विकासमैत्री नभएकाले छिटो भन्दा छिटो सार्वजनिक खरिद ऐन संशोधन गर्ने गरी सरकारले तयारी गरिरहेको पनि बताए।

यातायात तथा सडक क्षेत्रमा देखिएका समस्याहरुलाई तत्काल मन्त्रालयलाई सूचना दिनेगरी भौतिक मन्त्रालयमा कल सेन्टर स्थापना गर्ने, बर्दिवासबाट निजगढसम्म रेलमार्ग निर्माण गरी छिटै रेलसेवा सञ्चालन गर्नुपर्ने दायित्व आफूसँग रहेको बताए।

उनले भौतिक योजना मन्त्रालयको अघिल्लो आर्थिक वर्षको बजेट पनि घटेको र अहिलेको बजेट झन् घटेर आएको बताए। उनले त्यसबैबाट ठूला आयोजनाहरु अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए।

‘ठूला आयोजनाहरुमा राष्ट्रिय योजना आयोगले सिलिङ तोकेर पहिला नै बजेट पठाएको थियो’ उनले भने, ‘पुष्पलाल मध्येपहाडी राजमार्ग, पूर्व–पश्चिम, महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोरहरुमा निश्चित बजेट तोकेर पठाएको थियो। त्यसभित्रको बजेटलाई व्यवस्थापन गरेर बजेटलाई विकासमैत्री बनाउनको निम्ति प्रयास गरेका छौं।’

उनले थपे, ‘कुन–कुन महिनामा टेण्डर प्रक्रियालाई अघि बढाउने,सम्झौता र निर्माण कार्य कतिबेला गर्ने जस्ता कार्यतालिका बनाउँछौं। साउन, भदौ जस्ता महिनाहरुमा वर्षाको कारण काम हुन सक्दैन। त्यो बेला खरिद प्रक्रिया ठेक्का प्रक्रियालाई अघि बढाउँछौं। कात्तिकदेखि निर्माणको काम अघि बढाउँछौं। कात्तिकदेखि जेठ मसान्तसम्म काम ग¥यौं भने हामीले धेरै प्रगति गर्नसक्छौं । सरकारले चालु आर्थिक वर्षदेखि असारमा काम गर्ने प्रवृति रोक्छौं। असारे प्रवृति अब रोक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .