ad ad

राजनीति


प्रदीप गिरी मार्क्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल

प्रदीप गिरी मार्क्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल

नेपालखबर
भदौ ४, २०८० सोमबार १६:२७, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली का‌ग्रेसका नेता तथा पूर्वसांसद स्वर्गीय प्रदीप गिरी मार्क्सवादी भएको बताएका छन्।

सोमबार स्वर्गीय गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले गिरी मार्क्सवादी भएको र उनले संसारका सारा समस्या माक्र्सवादमा देखेको बताए।

‘हाम्रो पार्टीमा मसँग सोधियो काँग्रेसलाई ल्याएर माक्र्स पढाउने भन्नेखालको कुरा भयो। मैले भनेको थिएँ, मैले सोचेरै भनेको, अहिलेपनि त्यो उत्तरका प्रति मलाई कुनै पश्चाताप छैन। मैले के भनेको थिएँ भने माक्र्सको बारेमा जान्ने एसियामा प्रदिप जत्तिको कतिजना मान्छे छन्? सोचौँ,’ उनले भने, ‘मैले हाम्रो नेतालाई उत्तर दिएको थिएँ। एसियामा कतिजना मान्छे छन्? औँलामा गन्न सक्ने मान्छे होलान भनेको थिएँ। म आफूले त्यसरी बुझ्थेँ।’

माक्र्सवादको विषयमा जान्ने एशियाकै केही मान्छेहरु भित्रमा प्रदीप गिरी पर्ने उनले बताए। 

गिरीको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रताको व्याख्यामा श्रमजिविका प्रति निःशर्त प्रतिवद्धता बाहेक अरु केही नभएको उनको भनाइ थियो। 

‘उहाँ कति मार्क्सवादी हुनुहुन्थेन भनेर कसैले भन्छ भने त्यो एउटा कुरा हुनसक्छ। नत्रभनेदेखि उहाँले कबुल गरेको कुरा हो कि उहाँ मार्क्सवादी हुनुहुन्थ्यो। उहाँले आजसम्मका जिन्दगीका, संसारका सारा समस्याको समाधान माक्र्समा देख्नुहुन्थ्यो,’ उनले भने, ‘र स्वयं माक्र्समा पनि केही समस्याहरु देख्नुहुन्थ्यो। त्यसको खोजीका लागि भौतारिइरहनु भएको थियो। मैले बुझेको प्रदिप गिरी यही हो। यो कुरा उहाँले नै बोलेको कुरा हो। कयौँ मार्क्सवादीहरुले माक्र्सको खोल मात्रै ओढेर गैरमार्क्सवादी भइरहेको बेलामा, अर्कै बाटो लिइराखेको यो युगमा प्रदिप गिरी त्यो अबिभाजित व्यक्तित्वको मान्छे हो जसको भन्ने र गर्ने कुरा सामान्यतया त्यति नजिक।् बोल्ने र गर्ने एउटै गर्नु भनेको जिन्दगीको असाधारण उपलब्धि हो जस्तो लाग्छ।’

गिरीको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्यता पनि मिलेको पनि उनले बताए।

‘मैले देख्दा प्रदिप गिरि त्यो अबिभाजित व्यक्तित्वको मान्छे हुनुुहुन्थ्यो। उहाँको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रता यो सारा कुराको व्याख्या श्रमजीविका प्रति निःशर्त प्रतिवद्धताबाहेक केही पनि थिएन भन्ने म असाध्यै प्रष्ट छु,’ उनले भने।

उनले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रुपमा सुरक्षित छु जस्तो लाग्ने गरेको र अहिले त्यस्तो सुरक्षित महशुस नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .